साझा कथा । आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एकसय विकेट पूरा गर्ने कीर्तिमान नेपाली खेलाडी सन्दीप लामिछानेको नाममा आएको छ ।
एसीसी प्रिमियर कपमा शुक्रबार ओमानका अलि साफिकको विकेट लिएर उनले नयाँ कीर्तिमान बनाएका हुन् । सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर रसिद खानको नाममा थियो । रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा १०० विकेट लिएका थिए ।
अहिले भइरहेको खेलमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । जवाफी व्याटिङ गरिरहेको ओमानले खराब सुरुवात गरेको छ । यो समाचार तयार पार्दासम्म ओमानले २० ओभर खेल्दै ४ विकेटको क्षतिमा ८८ रन जोडेको छ ।