एसीसी प्रिमियर कप – कीर्तिमान नै किर्तिमान राख्दै ओमान विरुद्ध नेपाल विजयी

साझा कथा । एसीसी प्रिमियर कपमा नेपालले शुक्रबार ओमान विरुद्ध खेलेको थियो । यो खेलमा कीर्तिमान नै किर्तिमान राख्दै नेपाल विजयी भयो । नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमनविरुद्ध कुशल मल्लको कीर्तिमानी विष्फोटक शतकमा नेपाल ८४ रनले विजयी भयो । टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३ सय ११ रनको विशाल लक्ष्य ओमान ४६ दशमलव ३ ओभरमा २ सय २६ रन बनाउँदै अल आउट भएको हो ।

४६ दशमलव ३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मद्दतमा कीर्तिमानी ३ सय १० रन बनाएको थियो । ओडीआईमा नेपालको यो सर्वाधिक रन हो ।

यो खेलमार्फत नेपालका स्पीड बलर सन्दीप लामिछानेले विश्व कीर्तिमान नै कायम गरे । एक दिवसीय खेलमा उनले सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका हुन् । ४२ वटा ओडीआई खेल्दै लामिछानेले १ सय २ विकेट लिए । यसअघि अफगानिस्तानका खेलाडी रसिद खानले ४४ ओडिआई खेल्दै १०० विकेट लिएका थिए । आजकै खेलमा नेपाली खेलाडी कुशल मल्लले शतकको पारी खेलेर आफ्नो कीर्तिमान बनाए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?