साझा कथा । प्रतिनिधिसभा अन्तर्गत तीन जिल्लाका तीन क्षेत्रमा आज आइतबार भएको उपनिर्वाचनमा चर्को घामको परवाह नगरी मतदाताको उत्साहपूर्ण सहभागिता देखियो । बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य ५ बजे सकिँदै छ ।
चितवन, तनहुँ र बारामा चर्को गर्मी छ । तर पनि मतदान स्थलसम्म पैदल हिँडेरै मतदाताहरू मतदान गर्न पुगेका थिए । ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका, किरियापुत्री सबैको उत्साहपूर्ण सहभागितामा मतदान प्रक्रिया लगभग सम्पन्न भएको छ । केहि समय रोकिएका मतदानस्थलमा भने मतदान जारी हुनेछ ।
तपाईलाई केहि भन्नु छ ?