नेप्से पुनः १९०० विन्दुभन्दा तल

साझा कथा । नेप्से पुनः १९०० विन्दुभन्दा तल झरेको छ । गत चैत २८ गते १८७१.३३ विन्दुमा बन्द भएको नेप्से एक साताको बीचमा केहि उकालो लागेको थियो तर आज (आइतबार) १९०० विन्दुभन्दा तल झरेको छ ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १८.८० अंक घटेर १८८५.६० विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंक घटेको छ ।

नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९८ करोडको शेयर कारोबार भएको बजारमा आइतबार २६५ स्टकको ३१ हजार ४१५ पटकको कारोबारमा ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँ बराबरको २७ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्से घटेपनि आइतबार तीन स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सनराइज ब्लुचिप फण्ड, आदर्श लघुवित्त र कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ । अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । सनराइज फोकस्ड इक्विटी फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाईमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?