रवि लामिछानेविरुद्ध कांग्रेसको उजुरी

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाली काँग्रेस चितवनले निर्वाचन कार्यालयमा उजुरी दिएको छ ।

निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वेवास्ता गरेको भन्दै उजुरी हालेको हो । नेपाली काँग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन । उनले उजुरीपत्रमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशन बमोजिम कारबाही गरी पाऊँ भनी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जीतनारायण बेडको तर्फबाट उजुरी पेश गरेका छन् ।

निर्वाचनमा प्रशासनबाट आवश्यक सहयोग भएन र रास्वपाले आचारसंहिता उल्लङ्घन भएको भनी उजुरी परेकाले त्यस पत्रमाथि आवश्यक अध्ययन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?