दयाहाङ र मिरूनाको फिल्म “नांगो गाउँ” भदौ २९ मा

साझा कथा । दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा रहेको फिल्म ‘नांगो गाउँ’को प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माताले आइतबार टिजर पोस्टर सार्वजनिक गर्दै भदौ २९ गतेलाई प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म अहिले छायांकन भइरहेको छ । फिल्ममा कार्म, बुद्धि तामाङ र रविन्द्र झाको पनि शीर्ष भूमिका छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता जय श्रेष्ठको रहेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?