उपचुनाव अपडेट – तनहुँ १ मा स्वर्णिम वाग्लेले जित्ने सम्भावना बढ्दै

साझा कथा । आइतबार भएको उपचुनाव अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले विजयी हासिल गर्ने सम्भावना देखिएको छ । मतपरिणामको प्रारम्भिक रुझान हेर्दा उनले फराकिलो मतसहित जित्ने सम्भावना बढेर गएको छ ।

उम्मेदवार डा. वाग्लेको मतान्तर बढ्दै गएको छ । काँग्रेस र एमाले पडक क्षेत्रहरुमा समेत वाग्लेलाई भारी मत खसेको देखिएको हुनाले उनी विजयी हुने सम्भावना प्रबल बनेको हो ।

सुरुदेखि नै अग्रता लिएका वाग्लेले दिउँसो साढे १ बजेसम्म २७ हजार बढी मत गन्दा स्वर्णिमले १३ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ३६ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३ सय ९४ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाकी उम्मेदवार शोभा गुरुङले जम्मा ५५ मत पाएकी छन् ।

तनहुँ १ को उपनिर्वाचनमा १ लाख २३ हजार ३०५ जना मतदाता भए पनि ६३ हजार ७५७ मत खसेको थियो ।

अर्थशास्त्रीको रुपमा परिचय बनाएका डा. वाग्ले चुनावअघिसम्म काँग्रेसमा आवद्ध थिए । मंसिर ४ को आमनिर्वाचनमा काँग्रेसबाट टिकट नपाएपछि रुष्ट हुँदै आएका वाग्ले केहि समय अगाडि स्वतन्त्र पार्टीमा प्रवेश गरी टिकट हात पारेका थिए । नेपाली समाजमा उनको छवि विद्धानको रुपमा छाएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?