Ad Banner

सर्वाधिक मतसहित विजयी भए रवि लामिछाने, तोडे आफ्नै रेकर्ड

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंसिर ४ को आफ्नै रेकर्ड तोड्दै चितवन २ बाट विजयी भएका छन् । उपचुनावमा ७८ हजार २७७ हजार भोट खसेको र गणना भएकोमा रवि लामिछानेको पक्षमा ५४ हजार १७६ मत आएको छ । उनले प्राप्त गरेको मत कुल खसेको मतको झण्डै ७० प्रतिशत हो । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ४३ हजार मतले पछि पारेका छन् ।

नागरिकता मुद्दामा सर्वोच्चले उनको सांसद पद खारेज गरेपछि चितवन २ मा उपचुनाव भएको थियो । तर उनै रवि पहिलेको भन्दा ५ हजार बढी मत प्राप्त गरी विजयी भएका छन् । उनले मंसिर ४ को चुनावमा ४९ हजार २ सय ६४ मत ल्याएका थिए । लामिछानेलाई प्राप्त भएको यो मत पछिल्ला निर्वाचनमा प्राप्त भएको मतमध्ये सर्वाधिक हो । साथै प्रतिष्पर्धी उम्मेदवारसँग भएको मतान्तर पनि अहिलेसम्मकै सर्वाधिक हो ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार जीतनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानले १०९३४ मत प्राप्त गरेका छन् ।

यो उपचुनावमा सबै स्थानमा उम्मेदवारी दिएको राप्रपालाई लज्जास्पद मत आएको छ । तीन वटा क्षेत्रमा राप्रपाका उम्मेदवारहरुले पाएको जम्मा भोट १५ सय पनि कटेको छैन ।

यो पढ्नु भयो ?