जंगलको वनमारा सहर पसेपछि देख्ने मानिसहरुलाई कस्तो लाग्छ होला ? काठमाडौंको मुटुमा वनमाराको झाडी देखेपछि मलाई एउटा सानो कुरा भन्न मन लाग्यो । रातोपुलबाट गौशाला चोकतिर जाँदै गर्दा बायाँ तर्फ एउटा वनमाराको झाडी देखिन्छ । यो झाडी भण्डारखाल बाहिरको क्षेत्र हो । यो वालभन्दा बाहिर करीबकरीब १० रोपनीभन्दा बढी जग्गा छ । जग्गा चाहिँ पशुपति विकास कोषको रहेछ ।
खासमा अरुको जग्गा माथि यसरी बोल्नु उपयुक्त हुन्थेन होला । तर, यो जग्गा निजी नभएर सार्वजनिक संस्थाको भएकोले केही बोल्न पाइन्छ पनि । हिजोआज यो जग्गाको काम गौशालाबाट रातोपुल वा रातोपुलबाट गौशालातिर आउजाउ गर्ने बटुवाहरुलाई दिशा पिशाब गराउन ठाउँ दिनु हो । त्योभन्दा बढी प्रयोग भएको भए कि फोहोर फाल्नेहरुका लागि ठीक छ, कि लागु औषध खानेहरुका लागि ठीक छ, कि त अश्लील हर्कत गर्नेहरुका लागि उपयुक्त ठाउँ भएको छ । स्थानीयहरुको गुनासो छ – यहाँ अहिले त्यस्तैत्यस्तै भइरहेको छ ।