साझा कथा । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रन बनाएर अलआउट भएको छ ।
समूह चरणको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कतारविरुद्ध निक्कै खराब ब्याटिङ गर्यो । यो खेलमा कुनै पनि नेपाली ब्याट्सम्यान चल्न सकेनन् । ब्याट्सम्यानमध्ये सबैभन्दा धेरै कप्तान रोहित पौडेलले २७ रनको स्कोर गरे ।
तर स्पीड बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । ५८ बलमा ४२ रन बनाउँदै सन्दीप नेपालको तर्फबाट सर्वाधिक रन ल्याउने खेलाडी दरिए ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालका कुनै पनि ब्याटर टिक्न सकेनन् । कतारका अमिर फारुकले ४ विकेट लिए भने ओवाइस अहमदले तीन विकेट लिएर ह्याट्रिक गरे । समुह चरणमा तीन खेल खेलिसकेको कतार तुलनात्मक कमजोर टिम हो । अबको केहिबेरमा कतारले जवाफी ब्याटिङ सुरु गर्दैछ ।