Ad Banner

सन्दीप चम्किएपछि कतारविरुद्ध नेपालको सानदार जीत, बन्यो समूह विजेता

साझा कथा । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतारलाई शानदार रुपमा हराउँदै नेपाल समूह विजेता बनेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्‍यो । टस हारेर व्याटिङको निम्तो पाएको नेपालले खराब व्याटिङ गरेको थियो । ४० दशमलव ३ ओभर खेल्दै गर्दा जम्मा १५७ रन बनाउन सकेको नेपालको वलिङ पक्ष एकदमै मजबुत भएपछि खेल नेपालको पक्षमा गयो ।

जितसँगै नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्न सफल भएको छ । समूहमा ६ अंक जोडेको ओमान उपविजेता बनेर अन्तिम चारमा पुग्यो । अब नेपालले समूह ‘बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ ।

नेपालको जीतमा सन्दीप लामिछानेले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे । व्याटिङमा सर्वाधिक ४२ रन जोडेका सन्दीपले सर्वाधिक ५ विकेट समेत लिए । सन्दीपले ९ दशमलव १ ओभरमा ५ विकेट लिँदा ३ मेडन राखे भने १४ रन मात्र खर्चिए । व्याटिङमा चुकेको नेपाल बलिङमा भने कतारमाथि हाबी भयो । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिन सफल भए । त्यस्तै, ललितनारायण राजवंशीले दुई विकेट लिए ।

यो पढ्नु भयो ?