एसीसी प्रिमियर कपः कतारविरुद्ध नेपाल व्याटिङ गर्दै

साझा कथा । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेर व्याटिङ गर्दै छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले खराब प्रदर्शनको सुरुवात गरेको छ । समाचार तयार पर्दासम्म नेपालले ३ विकेटको क्षतिमा ५७ रन जोड्न सफल भएको छ । नेपाल समूह विजेता बन्न कतारलाई पराजित गर्नु पर्ने बाध्यता छ । नेपालले यसअघि खेलेको तीन खेलमा दुईमा जित र एकमा अङ्क बाँड्दै पाँच अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । त्यस्तै, नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो । आजको खेलमा जित हासिल गरे नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल खेल्नेछ । कतार तीनै खेलमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । कतारको भने यस खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?