साझा कथा । विद्यार्थीभन्दा ठूलो किताबको झोला बोक्नु पर्ने बाध्यताबाट आलोचित भइरहेका विद्यालयहरुले अब ‘बुक फ्रि डे’ अभियानको सुरुवात गरेका छन् ।
काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि प्रत्येक शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्नु पर्ने गरि कार्यक्रम सार्वजनिक गरेसँगै महानगरपालिका भित्रका अधिकांश विद्यालयहरुले यो अभियानलाई साथ दिएका छन् ।
पाँच दिन पाठ्यक्रम अनुसारको पढाई गर्ने र एक दिन शुक्रबार जीवन उपयोगी सीप सिकाउने, बुझाउने, सहभागी गराउने जस्ता क्रियाकलाप ‘बुक फ्रि डे’ कार्यक्रम अन्तर्गत गरिन्छ । जसमा बालबालिकालाई कविता वाचन गराउने, गीत गाउन लगाउने, हिज्जे गर्न लगाउने, भाषण गर्न लगाउने, सामाजमा सम्मान पूर्वक व्यवहार गर्न सिकाउने लगायतका विद्यालयले कक्षा अनुसार दैनिक जीवनमा उपयोगी कुराहरु सिकाउने छन् ।
यसका अतिरिक्त बालबालिकालाई कपडा पट्याउन, नङ काट्न, कपाल कोर्न, टाक/बटम लगाउन, उध्रिएको कपडा सिलाउन, बारीमा कोदालो खन्न, विरुवा उमार्न, खाना पकाउने जस्ता क्रियाकलाप गराउने छन् । साझा कथामा किंस टाउन स्कुलले आज सञ्चालन गरेको ‘बुक फ्रि डे’ कार्यक्रम ‘फोटो कथा’को रुपमा प्रस्तुत गरिएको छ ।