नयाँ पार्टी उदयको अर्थ

Featured Video Play Icon

राजनीति राज्यको हुनुपर्ने हो तर नेपालमा व्यक्तिको भइरहेको छ । राजनीति सेवा हो तर नेपालमा पेशा भइरहेको छ । आदर्शको राजनीति त परको कुरा सामान्य राजनैतिक संस्कारसमेतको अभाव छ नेपालमा । भ्रष्टाचार, व्यथिति र अराजकताले सीमा नाघेको छ । २०४६ सालपछि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीले समेत काम गर्नका लागि ठूलो अवसर प्राप्त गरे । यो बीचमा उनीहरु आफू बने तर मुलुक जहाँको तहिँ छोडे । उनीहरुले समयको रहस्य बुझ्न सकेनन् वा चाहेनन् उनीहरु नै जानून् तर उनीहरुलाई अब समयले पछाडी छोड्ने निश्चित देखिएको छ ।
यहि परिवेशमा जन्मिएका हुन् काठमाडौंमा बालेन शाह, पूर्वमा हर्क साम्पाङ अनि पश्चिममा गोपी हमाल हुन् या रञ्जिता श्रेष्ठ । त्यो भन्दा अजंगको रुप धारण गरेर उभिएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । उदाएका यी व्यक्तिहरुको कर्मको पृष्ठभूमि हेर्ने हो भने आमनागरिकको सरोकारसित मेल खान्छ । सायद त्यसैको परिणाम उनीहरु नेतृत्वमा पुगुन् भन्ने चाहना प्रकट भइरहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?