Ad Banner

एसीसी प्रिमियर कप फाइनलको बाँकी खेल भोली, भोली पनि पानी परे के हुन्छ ?

साझा कथा । नेपालमा जारी एसीसी प्रिमियर कपको फाइनल खेल आज बर्षाका कारण अवरुद्ध भएपछि बाँकी खेल भोली हुनेगरी खेल स्थगीत भएको छ । नेपाल र यूएईको खेल जारी रहँदा पानी परेपछि रोकिएको खेल भोलि हुने भएको हो । कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

सुरुवाती ब्याटिङ गरेको युएईले २७.२ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ । त्यसपछि लगातार वर्षा भएसँगै बाँकी खेल त्यहिँबाट सुरु हुने भएको छ । नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए । करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए । सोमपाल कामी र गुलसान झाले एक–एक विकेट लिएका थिए ।

भोली पनि बर्षाका कारण खेल अवरुद्ध भएमा ४ बजेपछि सुपर ओभरमा खेलाइनेछ । सुपर ओभर खेल्दा आज भएको खेल अर्थहीन हुनेछ । सुपर ओभर पनि खेल्ने अवसर प्राप्त नभएमा आईसीसी वरीयताका आधारमा अगाडि रहने टिमलाई उपाधि विजेता बनाइनेछ । जहाँ नेपाल भाग्यमानी बन्दै एसिया कपमा प्रवेश गर्नेछ ।

यो पढ्नु भयो ?