साझा कथा । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भिडियो सन्देश जारी गरी श्रमिकहरुलाई शुभकामना दिएको छ । ‘श्रमको सम्मानमा छैन कुनै सीमा, हरेक जीवनलाई जोड्छ सूर्यज्योति जीवन बीमा’ सूर्यज्योतिको भिडियो सन्देशको प्रारम्भमा भनिएको छ ।
जुनसुकै क्षेत्रमा काम गर्ने मजदुरहरुका लागि पनि जीवन बीमा आवश्यक रहेको सन्देश दिन खोजिएको भिडियोमा मकै पोल्ने महिला, होटलमा काम गर्ने मजदुर, शिक्षक, कम्पनीमा काम गर्ने कर्मचारी, चिकित्सक, हलो जोत्ने किसान, भरिया, सरसफाइ मजदुर, सवारी चालकहरुलाई देखाइएको छ।
म जे गर्दछु सफल जीवनका लागि, म पसिना बगाउँछु सुरक्षित जीवनका लागि, म श्रम गर्दछु सन्ततिको उज्जवल भविष्यका लागि, शुभकामना सन्देशको अन्त्यमा भनिएको छ ।
भिडियोको परिकल्पनाकार तथा रचनाकार सूर्योजोति लाइफका ब्रान्डिङ तथा सञ्चार विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरी हुन् । भिडियोको उत्पादन भने साझा कथाको मातृसंस्था अल थ्री मिडिया घरले तयार पारेको हो ।

तपाईको विचार
0 प्रतिक्रिया