सुडानमा ‘अकल्पनीय’ परिस्थिति, राष्ट्रसंघीय दूत जाँदै

२०८० बैशाख १८, सोमबार

साझा कथा । सुडानमा देखिएको ‘अकल्पनीय’ परिस्थितिलाई समन्वय गरी सामान्य पार्न संयुक्त राष्ट्रसङ्घीय दूतलाई त्यहाँ पठाइने भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खार्तूममा सेना र सशस्त्र अर्धसैनिक बलबीच व्यापक हिंसात्मक लडाईं जारी भएपछि यो घोषणा गरेका हुन् ।

महासचिव गुटेर्रेसले सुडानमा युद्धविराम घोषणाको ७२ घण्टामा सहमतिलाई व्यापक रूपमा उल्लङ्घन गरिएको भन्ने जानकारीपछि नयाँ टाली त्यसतर्फ पठाउन निर्देशन दिनुभएको प्रवक्ता स्टेफन दुजारिकले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले आइतबार एक छुट्टै वक्तव्य जारी गर्दै सुडानको मानवीय अवस्था बिग्रँदै गएको बताएका छन् । उनले भनेका छन्, “रातारात अकल्पनीय तथा कहालीलाग्दो हिंसा यापन गरेका लाखौं मानिसलाई तत्काल कसरी राहत दिन सकिन्छ भनेर खोजी गर्न म यस क्षेत्रमा जाँदैछु ।”

तथापि, मानवीय कार्यालयहरू र गोदामहरूमा भएको ठूलो लुटपाटले ‘हाम्रा अधिकांश आपूर्तिहरू नष्ट गरिदिएको थियो । थप सामग्री ल्याउन र वितरण गर्न तत्काल उपायको खोजी गरिरहेका छौं,” उनले भनेका छन्, “त्यहाँको समाधान भनेको युद्ध रोक्नु हो ।”

गत अप्रिल १५ मा भएको हिंसात्मक झडपमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने दशौँ हजार मानिस आफ्नो घर छोडेर देश भित्र वा विदेशमा सुरक्षित स्थानमा जान बाध्य भएका छन् ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?