साझा कथा । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय डा. सुरेश आचार्य नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा नियुक्त भएका छन् । पार्टीका प्रभावशाली नेता पूर्णबहादुर खड्का प्रमुख रहेको प्रतिष्ठानमा डा. आचार्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।
यसअघि नेपाली काँग्रेसका विभिन्न समितिहरुमा रहेर काम गरिसकेका डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पनि हुन् । आचार्यलाई नेपाली कांग्रेसको विधान, २०१७ को धारा ३६ (घ) बमोजिम नियुक्त गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
तपाईलाई केहि भन्नु छ ?