साझा कथा । नवौं पटक सरकार विस्तार गर्दा पनि मन्त्रीपरिषद् अझै पूर्ण हुन सकेको छैन । विहीबार नेपाली काँग्रेसको तर्फबाट ३ जना मन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका हुन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनीहरुलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका थिए । कानुनमन्त्री बनेका धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत हुन् जो शेखर कोइराला समूहबाट मन्त्री बनेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेत र खेलकुद मन्त्री लिम्बू संस्थापन पक्षीय केन्द्रीय सदस्य हुन् ।
शेखर कोइराला–गगन थापा समूहले ३ मन्त्री र एक राज्यमन्त्री मागेपनि सभापति शेरबहादुर देउवाले २ वटा मन्त्री दिएका छन् ।