जमुनीपुरका तीन किशोरी तीनदिनदेखि वेपत्ता, मोबाइल पनि स्वीच अफ

साझा कथा । कैलालीको एकै गाउँका तीन किशोरी बेपत्ता भएका छन् । कैलारी गाउँपालिका–९ जमुनीपुरका तीन किशोरी तीनदेखि बेपत्ता रहेका हुन् ।

उनीहरू शनिवार साँझबाट सम्पर्कविहीन रहेको परिवारले जनाएका छन् । किशोरीहरू सम्पर्कविहीन भएपछि खोजबिनका लागि उनीहरूले इलाका प्रहरी कार्यालय हसुलियालाई आग्रह गरेका छन् ।

जमुनीपुरका १४ वर्षीया अविक्षा चौधरी, १७ वर्षीया सुविक्षा चौधरी र १७ वर्षकै बबी चौधरी बेपत्ता रहेका प्रहरी नायब निरीक्षक राजेन्द्रसिंह कार्कीले जानकारी दिए । उनले परिवारको मौखिक जानकारीपछि प्रहरीले खोजी कार्य सुरु गरेको उल्लेख गरे ।

शनिवार साँझ सात बजेतिर उनीहरू घरबाट फरार भएर बेपत्ता भएको जनाइएको छ । उनीहरूले बोकेको मोबाइल पनि स्विच अफ रहेको सुविक्षाकी आमा जग्माले जानकारी दिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?