लहरो तान्दा पहरो गर्जिएको भुटानी शरणार्थी प्रकरणः (भिडियो)

Featured Video Play Icon

४ अर्ब ३५ करोड घोटाला भएको वाइडबडी काण्ड नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातर्फ सोझिएपछि ढिसमिस भएजस्तै नक्कली भुटानी शरणार्थी प्रकरण पनि ढिसमिस हुने संकेत देखा पर्न थालेको छ । वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचार काण्डमा मुछिएकी देउवा पत्नी आरजू राणा नक्कली शरणार्थी प्रकरणमा पनि जोडिएकी छन् । ठूला भ्रष्टाचारका काण्डमा देउवा पत्नी आरजू राणा जोडिन पुग्नु संयोग मात्रै पक्कै होइन । हालै सार्वजनिक भएको एउटा अडियोमा आरजूलाई २ करोड र काँग्रेसकै नेता बालकृष्ण खाँडकी पत्नी मन्जु खाँडलाई ६ करोड बुझाइएको दाबी गरिएको छ । यति मात्रै होइन, वाइडबडी काण्डमा तत्कालीन पर्यटन सचिव प्रेम राई पनि जोडिएका थिए, जो अहिले नक्कली शरणार्थी केसमा पनि जोडिएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?