नक्कली भुटानी शरणार्थी प्रकरणः आरोपित पूर्वगृहमन्त्री खाँण पक्राउ

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई बुधबार विहान पक्राउ गरिएको हो । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीका अनुसार उनलाई खाँणकै निवास मैजुबहालबाट पक्राउ गरिएको हो ।

एक साता अघि नै पक्राउ पुर्जी जारि गरिएको एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ । यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?