Ad Banner

‘हर्क साम्पाङ मुर्दावाद भनियो ! पाइप लाइनमा डढेलो लगाइयो’

साझा कथा । सामाजिक सञ्जालमा एकैदिनमा कैयाैँ स्टाटस लेख्ने र कहिलेकाँहि विवादमा मुछिने गरेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरान जनताका लागि दिन रात खटिँदा पनि कदर नभएकाे गुनासाे पाेखेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै मेयर साम्पाङले आफु दिन रात नभनि धरानका जनताको सेवामा जुटेकाे तर फिर्तामा मुर्दावादको नारा पाएकाे बताएका छन् ।

उनले लेखेका छन्- ‘दिन रात एक बनाएर धराने जनताको सेवामा जुटेँ, बजेटको काम मात्रै होइन श्रमदान अभियान चलाएरै धेरै विकास निर्माणका कामहरू गरेँ त्यसैले आज ‘हर्क साम्पाङ मुर्दावादको नारा घन्कियो ! आज पाइप लाइनमा डढेलो समेत लगाइयो ! वा… भाइ वा… धन्यवाद छ तिनलाई जसले जनताको खानेपानी पाउने अधिकार खोसेर सधैँ भरि पानीको अभाव देखाई राजनीति गर्न चाहेको छ ! वा…।’

साम्पाङ कहिले सामाजिक सञ्जालमार्फत वडाअध्यक्षहरू विरूद्ध कड्किन्छन्, कहिले  कुनै पार्टीका विरूद्ध । उपमेयरसँग राम्रो सम्बन्ध रहेको ठानिएकोमा पछिल्लाे समय उनले उपमेयर लक्षित विवादास्पद स्टाटसहरू लेख्दै आएका छन् ।

यो पढ्नु भयो ?