Ad Banner

अन्ततः राष्ट्रपतिले नै वाचन गर्ने भए नीति कार्यक्रम

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाचन गर्ने भनिएको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै पढ्ने भएका छन् । संसदमा राष्ट्राध्यक्षको हैसियतले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने प्रचलन रहेको थियो ।

यसअघि राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएकाले प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम वाचन गर्ने सहमति भएको सार्वजनिक भएको थियो । तर, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिले गर्नुपर्ने सबै राजकीय कामकारबाहीहरु गरिरहेको र नीति तथा कार्यक्रम पनि संसदमा गएर वाचन गर्ने जानकारी दिए । पोखरेलले नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपति आवश्यक तयारी गरेर बसेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम वाचन गर्ने हल्ला फैलिएसँगै एमालेका केहि नेताहरुले विरोध गरेका थिए । राष्ट्रपति अस्वस्थ भए उपराष्ट्रपतिलाई वाचन गर्न दिनुपर्ने उनीहरुको माग थियो ।

यो पढ्नु भयो ?