“३ दिनभित्र प्रतिवेदन सार्वजनिक गर, नत्र ५ दिन नेपाल बन्द हुन्छ”

साझा कथा । नागरिक उन्मुक्ति पार्टीले ३ दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

‘हामी अदालतको फैसलालाई सम्मान गर्छौं, हाम्रो लडाइँ न्यायालयसँग होइन । सिंहदरबारसँग हो । प्रधानमन्त्रीसँग हो, न्यायालयले फैसला सुनाइसकेको छ । दोहोर्‍याएर फैसला हुँदैन,’ नेता लक्ष्मण चौधरीले भने ।

लाल आयोग मात्रै नभएर देवीराम शर्मा र संसदीय समितिको प्रतिवेदन सार्वजनिक गरे पनि आफूहरूलाई मान्य हुने चौधरीले बताए । उनले टीकापुर घटनामा दोषी ठहर भइ जन्म कैदको सजाय काटिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै आजबाट शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताए ।

३ दिनभित्र आयोगको प्रतिवेदन सार्वजनिक नगरे जेठ ६ देखि १० गतेसम्म ५ दिन नेपाल बन्द गर्ने उनले चेतावनी दिएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?