सुदूरपश्चिम प्रदेश सरकारले आज मन्त्रीमण्डल विस्तार गर्दै

साझा कथा । मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारको १०० दिन पुगेको अवसरमा आज मन्त्रीमण्डल विस्तार गर्ने आयोजनाको कार्यक्रम रहेको कुरा जानकारी दिएका हुन । नवनियुक्त हुने मन्त्रीहरूको आज साँझसम्म पद तथा गोपनीयताको शपथग्रहण हुने मुख्यमन्त्री शाहले बताए ।

मन्त्री सात र राज्यमन्त्री तीन गरेर १० जनालाई मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था भए पनि अहिले मुख्यमन्त्री र दुई मन्त्री मात्र सरकारमा छन् । आज विस्तार हुने मन्त्रीमण्डलमा नेकपा (माओवादी केन्द्र) का झपटबहादुर साउद, सामाजिक विकास मन्त्री र रमेशसिंह धामी उद्योग वन तथा वातावरण मन्त्री हुने भएका छन् । माओवादीबाटै गीता माल राज्यमन्त्री हुने भए पनि उनको मन्त्रालय बारे टुङ्गो नलागेको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रेसम चौधरी संरक्षक रहेको उन्मुक्ति पार्टीलाई दिइने सहमति भएको भए पनि सो पार्टीले मन्त्रीको नाम छानेको छैन । उन्मुक्तिबाट रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीमध्ये एक जना मन्त्री र राज्यमन्त्री पाउने चर्चा छ ।

यस्तै नेपाली काँग्रेसले पाउने भनिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको लागि मन्त्रीको नाम पनि टुङ्गो लागेको छैन । अहिले नेपाली कांगेसका संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा रहेको सरकारमा काँग्रेसका प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही आर्थिक मामिला मन्त्री रहेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?