केपी ओलीलाई माधव नेपालको जवाफः आफू हावादारी कार्यक्रम ल्याउने अनि अरुलाई कागजको खोस्टो भन्ने ?

साझा कथा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धेरै विषय समेटिएर आएको बताएका छन् । प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति कार्यक्रममा केही नभएको र कागजको खोस्टा मात्र रहेकोले फिर्ता लिनुपर्ने वताईरहँदा सोमबारको संसद बैठकमा सम्बोधन गदै नेपालले नीति कार्यक्रम अघिल्ला सरकारको भन्दा राम्रो भएको टिप्पणी गरे । आइतबारको संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले कुनै पनि कार्यक्रम गतिलो नभएको भन्दै ‘कागजको खोस्टो’ संज्ञा दिएका थिए ।

सरकारको नीति कार्यक्रम के साँच्चै कागजको खोस्टो मात्रै छ त ? भनेर आफुले गहिरिएर अध्ययन गर्दा धेरै कुरा समेटिएर आएको पाएको नेपालले बताए । कुनै पनि कुरा आफैमा पूर्ण नहुने भन्दै अध्यक्ष नेपालले सरकारको नीति कार्यक्रममा अपूर्णता होलान्, तर कागजको खोस्टो मात्रै भनेर गरिएको टिप्पणीमा सत्यता नरहेको बताए ।

सोमबार नीति तथा कार्यक्रममाथी संसदमा भएको छलफल कार्यक्रममा सम्वोधन गदै नेपालले एमाले अध्यक्ष केपी ओलीमाथी व्यंग्य गर्दै आफूले हावादारी कार्यक्रम ल्याउने अनि अरुको कार्यक्रमलाई कागजको खोस्टो भन्ने ? भन्दै टिप्पणी गरे । पानीजहाजको टिकट काट्न जाऔँ, घर घरमा ग्यास भनेर हावादारी कुरा गरेर केही नहुने भन्दै नेपालले टावर निर्माण गर्ने नीति ल्याएर के भयो ? भन्दै ओलीमाथि श्न पनि गरे ।

अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई आफनो दरिलो साथ रहेको भन्दै काममा इमान्दार भएर भष्टाचारका विरुद्ध दरोसँग उभिन आग्रह गरे । संसदमा प्रधानमन्त्री भईसकेकाहरुका बीचमा प्रतिस्पर्धा गराए हुने भन्दै त्यसका लागि आफु तयार रहेको नेपालको भनाई थियो।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?