एक जना विरामीलाई बेड मिलाइदिन पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली शिक्षण अस्पताल पुगेको दृष्य यो पापी आँखाले देख्नु पर्याे ।
शिक्षण अस्पतालको पीडा तपाईंलाई थाहै छ । आकस्मिक कक्षको वेडमा दुई जना विरामी सामान्य हो । उस्तै परे ३ जना राखिदिन्छन् । आकस्मिक कक्षबाट बेडमा सार्नको लागि सोर्सफोर्स र हारगुहार गर्नु पर्ने नियति पनि शिक्षण अस्पताल पुग्नेहरुका लागि सामान्य नै हो । सायदः यी मन्त्रीको कोही आफन्त त्यस्तै पीडामा थिए । तसर्थ, मन्त्री सेक्युरिटी गार्डसहित अस्पताल पुगिन्, बेड मिलाइदिइन् अनि फर्किइन् मन्त्रालयतिर । क्या गजब ! अब, सोर्सफोर्स लाउन नसक्ने र मन्त्री आफन्त नहुनेहरुको भीड हेरौं ।
यी सबै विरामीहरु सिस्टमले, लाइनमा बसेर, विना सोर्सफोर्स उपचार गर्न आउनेहरु हुन् । जो सामान्य उपचारका लागि यसैगरि लाइनमै बसेर दिन कटाउँछन् । यस्तो भीड शिक्षण अस्पतालमा मात्र होइन, वीर अस्पतालमा उस्तैछ, भक्तपुर अस्पतालमा त्यस्तैछ र छ अरु सबैसबै सरकारी अस्पतालहरुमा ।
थप कथा भिडियो मार्फतः