Ad Banner

कृषि र स्वास्थ्यमा बजेट बढ्यो, बुद्ध भत्ता बढेन, अब जनुसुकै विषय पढेपनि शिक्षण लाइसेन्सको परीक्षा दिन पाउने

साझा कथा । सरकारले आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेटमा केहि महत्वपूर्ण घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरिएको छ । संसदमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ ।

यस्तै सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट पनि १४ अर्बले बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ ८३ अर्ब ९९ करोड विनियोजन गरिएको छ ।

सरकारले बृद्द भत्ता लाई निरन्तरता मात्रै दिएको छ । बृद्द भत्ता नबढाई सरकारले चालु आर्थिक वर्षमा दिँदै आएको मासिक ४ हजारलाई आगामी आर्थिक वर्षमा पनि निरन्त्रता मात्रै दिने भएको हो । अहिले जेष्ठ नागरिकहरुले मासिक ४ हजार पाउँदै आएका थिए ।
सरकारले गरेको अर्को महत्वपूर्ण घोषणा हो, अब जुनसुकै विषय पढेका ब्यक्तिले शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा लिन पाउने र अरु विषय पढेका विद्यार्थीले शिक्षक लाइसेन्स परिक्षामा सहभागी हुन पाउने गदैनथे । नयाँ बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको छ ।

यो पढ्नु भयो ?