रेशम चौधरीको रिहाईका सम्बन्धमा हर्क साम्पाङको दोहोरो चरित्र

साझा कथा । हरेक घण्टा फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट अपडेट गर्दै बस्ने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हरेक दिन जसो विवादास्पद अभिव्यक्ति दिने गरेका छन् । दलहरुप्रतिको वितृष्णाको मत बटुलेर मेयर निर्वाचित भएसँगै विरोधी र विपक्षीको उछितो काढ्ने गरेका साम्पाङले कसैले १ शब्दमा उनको आलोचना गरे ४ शब्द खर्चेर प्रत्युत्तर दिँदै आक्रमण गर्ने गरेका छन् ।
यति मात्रै होइन उनले एउटै विषयमा फरक फरक सामाजिक सञ्जालमा फरक फरक कुरा लेख्ने गरेका छन् ।

खासमा उनले केहि विषयहरुमा दोहोरो चरित्र देखाउँदै आएका छन् । कहिले आफ्ना वडाअध्यक्षहरु विरुद्ध विषवमन गर्ने साम्पाङ कहिले उपमेयरमाथि झम्टिन्छन् । साना साना कुरा समेत फेसबुक, ट्वीटर लगायतमा लेखिहाल्ने बानी र अरुको आलोचना गरेर नथाक्ने प्रवृत्तिका कारण उनी आलोचित पनि हुँदै आएका छन् ।

उनले पछिल्लो समय फेरि दोहोरो चरित्र देखाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आममाफी पाएका रेशम चौधरीको मुद्दामा उनले दोहोरो चरित्र देखाएका हुन् । चौधरी रिहाई भएपछि फेसबुकमा खुशी व्यक्त गरेका साम्पाङले ट्वीटरमा भने रोष प्रकट गरेका छन् । फेसबुकमा उनले चौधरीको गीत संगीतप्रति पनि प्रशंसामा शब्द खर्च गरेका छन् । तर ट्वीटरमा भने उनले विश्मय व्यक्त गरेका छन् । ‘हत्तेरी’ शब्द लेखेर उनले आममाफीप्रति विरोध जनाएका छन् तर फेसबुकमा उनै साम्पाङले चौधरी रिहा भएपछि आफू खुशी भएको उल्लेख गरेका छन् ।

यस्तो दोहोरो चरित्र देखाएपछि मेयर साम्पाङको वास्तविक चरित्र स्पष्ट नभएको र कुनै विषयप्रति उनको स्पष्ट बुझाई रहेनछ कि भन्ने देखिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?