नेपाली काँग्रेसभित्रको लफडा छताछुल्ल, गगनले भने – ‘धेरै सहेँ, अब सकिन्न’

साझा कथा । पछिल्ला केहिदिनयता नेपाली काँग्रेसका महामन्त्री गगन थापा सभापति शेरबहादुर देउवाप्रति कठोर देखिएका छन् । केहिदिन अघि एउटा स्टाटस लेख्दै उनले पार्टीभित्रको पेलाई अब सहन नसकिने उल्लेख गरेका थिए । शुक्रबार फेरि महामन्त्री थापाले सभापति शेरवहादुर देउवामाथी आक्रोश पोखे । सभापतिमा दोस्रो कार्यकाल निर्वाचित भईरहँदा देउवाले धेरै निर्णय एकल निर्णय लिएको भन्दै थापाले त्यसलाई आफुहरुले पनि सहँदै आएकोमा अब नसहने बताए ।

कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको उपत्यका र प्रतिस्ष्ठान प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्वोधन गदै महामन्त्री थापाले कतिपय निर्णय आफुले पनि पत्रकारहरुले भन्दा धेरै पछि मात्र थाहा पाएकोले अव त्यसरी नसहने बताएका हुन् ।

उनले रेशम चौधरीको आममाफी, नागरिकता विधेयक प्रमणिकरण, प्रदेशमा कांग्रेसका सहभागिता र सहभागिताका लागि मन्त्रालयमा गरिएको बाँडफाँड र सांसद विकास कोष लगायतका विषयमा पार्टी सभापतिको एकल निर्णय भएको बताएका हुन् ।

उक्त निर्णयहरु आफुले पनि सञ्चारमाध्यमहरु हेरेर मात्र थाहा पाएको भन्दै त्यसरी अव नसहने बताएका हुन् । ‘नेपाली कांग्रेस संग्लन्न भएको सरकारले केही गम्भिर विषयमा निर्णय लिएको छ । एउटा विषय आम माफीको विषय साथीहरुले यहाँ चर्चा गनुर्भयो । एउटा आममाफी, नागरिकताको विषय, सांसद विकास कोषलगायत यस्ता कैयन विषयहरु छन्, यी सबै विषय कांग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय मैले तपाईंहरुले भन्दा पछि थाहा पाएको हुँ,’ महामन्त्री थापाले भने ।

महामन्त्री थापाले आफनो तर्फबाट सभापतिको निर्णय अहिलेसम्म मानेको विषय गल्ती भएको भन्दै अव नमान्ने र नसहने बताए । ‘अब मैले बदल्ने भनेको यो परिपाटी एक ढेड वर्ष देखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो, मैले यसलाई सहदै आए, मैले यसलाई मान्दै आए । किन माने, सभापति हो, सभापति बहुमतमा हुनुहुन्छ, सभापतिले गर्नुहुन्छ, कुनै न कुनै दिन मिलाउनुहोला भन्दै सहदै आएको हुँ । मैले बदल्ने भनेको मैले नसहनु पर्ने कुरा सहेको हुँदा अव सहन्न भनेर बदल्नु पर्ने हो । त्यसमा मैले बदल्ने हो । अव सहन्न भन्ने हो,’ थापाले भने

बहुमतका नाममा सभापतिले लिने एकल निर्णय र त्यही निर्णयका आधारमा कांग्रेसले भोग्नु परिरहेको अपजसको भारी अब पनि चुपचाप सहेर र हेरेर बस्न नहुने महामन्त्री थापाको भनाई थियो ।

पार्टी सभापति देउवा निकटका नेताहरु भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी नेतृत्वको विरोध गर्ने नाममा पार्टीकै बदख्वाईँ गरिरहेको बताएका छन् । यसले पार्टीको हित नगर्ने उल्टै पार्टी विरोधी जनमत तयार हुने उनीहरुको तर्क छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?