साझा कथा । १ दिनका लागि फुर्सद छ ? त्यो फुर्सदमा हाइकिङ गर्न मन छ ? छ भने, चन्द्रागिरि पहाडमा नयाँ हाइकिङ रुट तयार भएको छ । जहाँ तपाईको पैदल यात्रा रोमाञ्चक हुनेछ । हालैमात्र चन्द्रागिरि हाइकर्स कम्युनिटि (सी एच सी)को आयोजना र चन्द्रागिरि नगरपालिका वडा नं ४ को सहकार्यमा स्वास्थ्यको लागि पैदलयात्रा भन्ने नारासहित पदैल यात्रा गरिएको छ ।
७०० जना सहभागि भएको उक्त पैदल यात्रा थानकोटको साझा घरबाट सुरु भई सिलाफल, महालक्ष्मी स्थान, चोछे, पिम्फली, गोदाम, चुनीखेल, पानीघाट, मयल चौर, राम्चा, देउराली, भालेश्वर मन्दिर पुगेर सिधा ओरालो झर्दै महालक्ष्मी चौरमा समापन गरिएको थियो । चन्द्रागिरि नगर पालिकाका प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष कृष्णप्रसाद खड्कीले सो पैदल यात्राको शुभारम्भ गरेका थिए भने उपमेयर बसन्ती श्रेष्ठ मयल चौरमा पुगेर पैदल यात्रीलाई हौसला दिएकी थिइन् ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य र स्वस्थ जीवनयापनको लागि सो पैदल यात्रा आयोजना गरेको आयोजकले जनाएको छ । पैदल यात्रा सफल बनाउन चन्द्रागिरिका विभिन्न संघसंस्थाले साथ दिएका थिए ।
१० किलोमिटर उक्त पैदल मार्ग एकदिनमै सम्पन्न गर्न सकिनेछ ।
हेर्नुहोस् सी एच सीको पैदल यात्राका केहि तस्बिरहरुः
तस्बिरः धर्मेन्द्र महर्जन