पूँजीगत लाभकरमा पछि हट्यो सरकार, शेयर बजारमा हरियाली

साझा कथा । पूँजीगत लाभकरका बिषयमा सरकार अन्तत ब्याक भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच आज भएको छलफलमा सहमति भएको हो ।

पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको हो । दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेको छ । सरकारले यस विषयमा सुचना पनि जारी गरेको छ । अब ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने छ ।

सरकारले शेयर कारोबारको पूँजीगत लाभकरका विषयमा स्पष्ट पारेपछि आज शेयर मार्केटमा हरियाली छाएको छ । लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका कारण १ घण्टापछि खुलेको बजार १५ मिनेटमा नै ५० अंकभन्दा बढी बढेको थियो ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?