साझा कथा । प्रतिनिधिसभा बैठकमा बेला बेला हंगामा हुने गर्छ । संसदको गरिमा समेत विर्सेर सांसदहरुले जे पनि बोलिदिने प्रचलन नौलो होइन । यसमा पुराना दलका सांसदहरु त थिए नै, नयाँ दलका सांसद पनि मिसिएका छन् । समग्र संसदमा लज्जा प्रदर्शन हुनेगरी सांसदहरुको अभिव्यक्ति आउने गरेको छ । सामाजिक सञ्जालभन्दा फरक नदेखिने दृश्य आज संसदमा देखियो ।
प्रधानमन्त्रीको भारत भ्रमण, राष्ट्रपतिले प्रमणिकरण गरेको नागरिकता विद्येयक लगायतका विषयमा प्रधानमन्त्रीले जवाफ दिएपछि पून सुरु भएको प्रश्नोत्तर मा संसदमा विवाद बढेको हो । प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रश्न सोध्दा प्रधानमन्त्रीलाई भैसी चढेर आएको भनी प्रश्न गरेपछि माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नियमापत्ति जनाए ।
सभामुखले सांसदहरुलाई प्रश्न सोध्नका लागि एक मिनेट समय दिइएको थियो । रास्वपाका सांसद खनालले प्रधानमन्त्री भारत भ्रमणबाट आउँदा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा ओलर्नुहुन्छ भन्ने लागेकोमा उहाँ भैसी चढेर आउनु भएको बताएपछि माओवादी सांसदले त्यसमा आपत्ति जनाएका थिए ।
माओवादी सांसद हितराज पाण्डेले संसदमा मर्यादित शब्दमा बोल्नुपर्ने भन्दै प्रश्न गरेका थिए । त्यसपछि रास्वपा र एमालेका सांसदहरुले नियमापत्ति गरेकोमा पनि आपत्ति जनाएका थिए । उनीहरुले संसद नियमावलीको नियम २० को (झ)मा एउटा सांसदले प्रश्न गरिरहेको बेला अर्को सांसदले उठेर आपत्ति जनाउनु नपाउने भन्दै बोलेका थिए ।
सत्ता र प्रतिपक्षका बीचमा जुहारी भईरहेका बेला सभामुखले भने सचिवालयसँग सल्लाह गरेर भैसी चढेर आएको शब्द रेकर्डबाट हटाउने निर्णय सुनाएका थिए । त्यसपछि एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले रोष्टममा उभिएर भैसी चढेर आएको भन्ने कुरा कसरी आउने भन्दै प्रधानमन्त्रीले भनेको शब्द पनि हटाउनु पर्ने बताएका थिए । उनले प्रधानमन्त्री आफैले बंगलादेशसम्म भूमि साट्ने कुरा नेपाली पत्रकारहरुमा बोलेको कुरा आएकोमा प्रधानमन्त्रीले ढाटेको बताए ।
त्यसपछि रास्वपा सभापति लामिछानेले संसदलाई मजाक बनाएको भन्दै आपत्ति जनाए । उनले प्रधानमन्त्री स्वयमले भनेको शब्दावलीलाई लिएर उदहारणका रुपमा राखेको भन्दै प्रधानमन्त्रीको शब्द हटाउन माग गरेका थिए । त्यसपछि सभामुखले भैसी चढेर आएको भन्ने कुरा जसले बोलेको भएपनि यो हटाउन रुलिङ गरेका थिए ।
तर पनि सांसदहरुले प्रधानमन्त्रीको नामै उल्लेख गर्नुपर्ने बताए । सभामुखले शब्द हटाउन भनेपछि भने अहिले फेरि संसद नियमित रुपमा सुचारु भएको छ ।