Ad Banner

तापक्रम अझै केहि दिन नघट्ने, आज केहि ठाउँमा हल्का पानी पर्ने

साझा कथा । नेपालको तराई भागमा तापक्रम अझै केहि दिन नघट्ने बरु बढ्ने देखिएको छ । अत्याधिक गर्मीका कारण जनजीवन नराम्ररी प्रभावित भइरहेको तराईका जिल्लामा तापक्रम केहि दिन नघट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी महाशाखाले अझै केही दिन तातो हावा र लू चल्ने जनाएको हो ।

जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाका अनुसार पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको छ । ती जिल्लामा तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथिपुगेको छ ।

पाँच जिल्लामा तापक्रमको सतर्कता तहको अवस्थामा रहेको छ । सबैभन्दा बढी जनकपुर, विराटनगर, भैरहवा, सिमरा र नेपालगन्जमा वृद्धि भएको देखिएको छ ।

महाशाखाले शुक्रबार कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका १÷२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । शुक्रवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू(भागका थोरै स्थान र बाँकी प्रदेशको पहाडी भूभागका १÷२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागको १(२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

यो पढ्नु भयो ?