लिम्पियाधुरासँग बंगलादेश जाने बाटो साट्दा के हुन्छ ? (भिडियो)

Featured Video Play Icon

यसमा कुनै शंका छैन, सुगौली सन्धीका कारण खुम्चिएको नेपालको भूभाग लिम्पियाधुरासम्म छ । कालापानी त धेरै वर भइहाल्यो । ऐतिहासिक दस्तावेजहरु भन्छन्, गुन्जी, कुती हुँदै लिम्पियाधुरासम्मको जमिन र लिपुलेक रहेको जमिन नेपालकै हो । सन् १८१९ मा नै अंग्रेजले नक्सा बनाएको छ । त्यो नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालमा नै पारेको छ ।

अंग्रेजले बनाएको सन् १८२७, १८५६ को नक्सामा पनि त्यो भूभाग नेपालकै देखिन्छ । त्यहि नेपालको भूभागमा भारतीय बुट बर्सिन थालेको सन् १९६२ देखि हो । त्यहि बर्षको अक्टोबर नोभेम्बरको ५ हप्ता भारत र चीनबीच सीमा युद्ध भयो । चिनियाँ फौजसँग पछि हटिरहेको भारतीय फौजले कहाँ बस्दा चीनियाँ फौजलाई रोक्न सकिन्छ भनेर हेर्यो । त्यो उपयुक्त ठाउँ कालापानी थियो । त्यसठाउँमा बस्नका लागि तत्कालीन भारतीय सरकारले नेपालको राजालाई खबर गर्यो । त्यस समय राजा महेन्द्रले भर्खरै पञ्चायत सुरु गरेका थिए । उनै महेन्द्रले त्यो जग्गा खासै उपयोग नभएको भन्दै भारतीय सेनालाई बस्नका लागि सहर्ष स्वीकारोक्ति दिए । त्यहिबेलादेखि लिम्पियाधुरासम्मको भूभाग भारतले भोग गर्दै आइरहेको छ ।

थप कथा भिडियो मार्फतः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?