हिमाली जिल्ला मुगुमा फुटबल क्रेज (फोटो कथा)

साझा कथा । कर्णाली प्रदेशको मुगु जिल्लाको सोरु गाउँपालिकाद्धारा आयोजित प्रथम उपाध्यक्ष गोल्डकप सम्पन्न भएको छ । जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त गोल्डकपमा १७ वटा फुटबल टिमले प्रतिष्पर्धा गरेका थिए । गोल्डकपको प्रथम ट्रफ्री सोरु फुटबल क्लवले हात पारेको छ । गमगढीको ए वान युथ क्लव दोश्रो भएको छ भने खत्याडको टाइगर फुटबल क्लवले तेश्रो स्थान हासिल गरेको सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले जानकारी दिए ।

स्थानीय क्लबहरूको सक्रियता र स्थानीय तहको प्रोत्साहनका कारण फुटबल खेलाडीहरू मात्रै होइन, क्रेजी फ्यानहरू पनि जन्मिन थालेका छन् । सो खेल हेर्नका लागि ४–५ घण्टाको उकालो बाटो हिँडेर आउने दर्शकहरु पनि थिए ।

तस्बिरःकेशरबहादुर शाही/साझा कथा 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?