Ad Banner

प्रचण्ड पत्नी सीता दाहालको अवस्था गम्भीर, नर्भिकमा राखियो

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल गम्भीर भएकी छन् । यसअघि मेडिसिटी अस्पतालमा राखेर उपचार गरिएकोमा उनलाई अहिले भने नर्भिक अस्पताल थापाथली ल्याइएको छ ।

सीता प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट ग्रसित हुँदै आएकी छन् । यो रोगबाट मानिसको शारीरिक र मानसिक अवस्था असन्तुलित हुने गर्दछ । रोग निको हुने अपेक्षामा प्रचण्डले उनलाई विभिन्न स्थानमा लगेर उपचार गर्दै आएका थिए ।

उनलाई आइसियुमा राखेर उपचार गरिँदै छ ।

यो पढ्नु भयो ?