साझा कथा । सरकारले निजामति कर्मचारीहरुलाई कार्यालय समयमा टिकटक बनाउन रोक लगाएको छ । कार्यालय समयमा कार्यालय पोशाक लगाएर टिकटक बनाउने बानी परेकाहरुलाई यो निर्णयले अप्ठ्यारो पर्ने भउको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तपाईको त्यस्तो बानी छ भने तत्काल नरोके कारवाही गर्ने गरि परिपत्र गरेको छ।
कार्यालय समय वा पोसाक लगाएर र कार्यालयको हाताभित्र टिकटक बनाउन रोक लगाउनेगरी देशभरका सम्बन्धित कार्यालयहरूलाई मन्त्रालयले परिपत्र गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको सचिवालयका अुनसार कार्यालयको सवारी साधन प्रयोग गरेर पनि टिकटक बनाउन रोक लगाइएको छ ।
कार्यालय समयमा वा पोसाकमा टिकटक बनाउँदा समस्या उत्पन्न हुने गरेको भन्दै मन्त्रालयले त्यसमा रोक लगाउने गरी परिपत्र गरेको हो ।
तपाईलाई केहि भन्नु छ ?