Ad Banner

भैरहवा विमानस्थलमा नेपाल एअरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय अवतरण, विमानले पालना गर्नुपर्नेछ यी नियम

साझा कथा । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली ध्वजावहाक नेपाल एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय अवतरण गरेको छ । मलेसियाको क्वालालम्पुरबाट नेपाल एअरलाइन्सले भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको हो ।

विमानस्थल संचालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे ।

राष्ट्रिय ध्वजावाहक एयरबस कोललाम्पुरबाट उडेर भैरहवा हुँदै काठमाण्डौ अवतरण गर्नेछ, यो अब नियमित उडान हुनेछ । नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको पहिलो उडान भरेको हो ।

नेपाल एयरलाइन्सको मलेसिया– भैरहवा–काठमाडौंको उडान ‘टर्न–अराउड’ हो, हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालकदलका सदस्यहरु पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउदैन । ४ घण्टा ४५ मिनेटमा मलेसियाबाट भैरहवाको उडान तय हुन्छ भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जाने छ ।

निगमले अहिले मलेसिया–भैरहवाको भाडा ३१ हजार र मलेसिया–काठमाडौं ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ । विमानस्थलको नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्न सकेको थिएन । जजिरा एयरलायन्स र हिमालय एयरलाइन्सले केही अन्तराष्ट्रिय उडान गरेपनि अहिले रोकिएको छ ।

यो पढ्नु भयो ?