सरकार छोड्लान् माधव नेपालले ? (भिडियो)

Featured Video Play Icon

पछिल्लो सयम पत्रपत्रिका, रेडियो टेलिभिजन, अनलाइनहरुमा तपाईँले देखिरहनुभएको छ होला, सुनिरहनुभएको छ होला एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी बनाएका माधव कुमार नेपाल प्रधानमन्त्री प्रचण्डसँग रिसाइरहेका छन् । तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीबाट पीडित हुन थालेपछि प्रचण्ड र माधव नेपालबीच गज्जबको दोस्ती बनेको थियो ।

एमालेसँगको गठबन्धन भत्काएर काँग्रेससहितको गठबन्धन बनाउन प्रचण्डलाई मनाएका उनै माधव नेपाल अहिले प्रचण्डसँग रिसाइरहेको देख्दा सबै आश्चर्यचकित भएका छन् । कुनै समय एमाले अध्यक्ष ओलीले शेरबहादुर देउवाको कार्यकर्ता र प्रचण्डको पुच्छर भनेर आरोप लगाएका माधव नेपालको पछिल्लो असन्तुष्टि के मा होला ? आफैँ सरकारमा दुई मन्त्रीसहित सहभागी भएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सरकार र प्रचण्डसँग रिसाउनुपर्ने तीन कारण छन् । बाहिर देखिएका तीन कारण भएपनि भित्री कारण भने अनेकौँ छन् ।

थप कथा भिडियो मार्फतः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?