साझा कथा । यसअघि आर्थिक बर्ष सकिनै लाग्दा धमाधम सडक खन्ने र बजेट सक्ने प्रयास हुन्थ्यो । तर यस बर्ष भोली असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले रोक लगाएको छ ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न रोक लगाइएको हो ।
सडक पनि थप बिग्रिदै जाने भएकोले यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने सुचना प्रकाशित गरिएको छ । सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउने क्रम चलिरहेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो ।
यदी कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ, सूचनामा भनिएको छ ।