Ad Banner

नेपालमा पहिलो पटक राष्ट्रिय सुरक्षा सल्लाहकार, सेवा सुविधा मन्त्री बराबर

साझा कथा । निवर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ । यो पद नेपालमा पहिलो हो । अन्य देशहरुमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहने भएपनि नेपालमा भने पहिलोपटक नियुक्त गरिएको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव वैरागीको ठाउँमा डा. बैकुण्ठ अर्याललाई ल्याउने निर्णय गरेको छ ।

नवनियुक्त मुख्यसचिव अर्याल केही महिना अगाडि मात्रै सञ्चार मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तानिएका थिए । मन्त्रीपरिषद्को बैठक अघि सुरक्षा परिषद्को समेत बैठक बसेको थियो । त्यस बैठकमा समेत अनुमोदन गराएर प्रधानमन्त्रीले बैरागीलाई सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरेका हुन् ।

अर्यालको पदावधी असार ३ मा सकिदै थियो । पदावधी सकिनु तीन दिन अगाडी मात्रै सरकारले उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो । बैरागीको भने तीन वर्षे कार्यकाल आगामी असोज १४ मा सकिदै थियो ।

उनलाई यस अगाडी संयुक्त राष्ट्रसंघको स्थायी नियोगका प्रमुख बनाउने चर्चा पनि चलेको थियो । तर अन्तिममा सुरक्षा साल्लाहकार बनाइयो । बैरागीले मन्त्रीस्तरीय सेवा सुविधा पाउने छन् ।

राष्ट्रिय सुरक्षा परिषद्‍को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । त्यस्तै रक्षा मन्त्रालयका सचिव राष्ट्रिय सुरक्षा परिषदको सदस्य–सचिवको जिम्मेवारीमा हुन्छन् । त्यस्तै परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारमा मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।

यो पढ्नु भयो ?