कामचोर कर्मचारीहरुमाथि निगरानी

साझा कथा । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत निजामती कर्मचारीहरूमाथि निगरानी बढाइएको छ । कर्मचारीहरु बिहान हाजिर गर्ने र दिनभरि हराउन थालेपछि सिंहदरबारका सबै गेटहरुमा अनुगमन गर्न थालिएको हो ।

कार्यालय समयमा कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिने तर बिहान बेलुकै हाजिरको रेकर्ड देखिएपछि अनुगमन गर्न थालिएको हो । राष्ट्रिय सतर्कता केन्द्रको निर्देशनमा अनुगमन गर्न थालिएको बताइएको छ ।

अनुगमन पछि निजामती कर्मचारीहरूलाई निकालीने वा केही दिनलाई निलम्बित गरिने मुख्य प्रशासनिक केन्द्रमा वैठक बसी निर्णय दिने जानकारी दिएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?