Ad Banner

भानु रंगशालामा फुटबल, छेलो र बाघचाल प्रतियोगिता हुँदै

साझा कथा । आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तिको अवसर पारेर हरेक बर्ष विविध कार्यक्रम हुँदै आएको तनहुँको भानु नगरपालिकामा यस बर्ष फुटबल, छेलो र बाघचाल प्रतियोगिता हुँदै छ ।

आगामी असार २९ गतेदेखि साउन ६ गतेसम्म क्षेत्रीय भानु रंगशाला भन्सार बजारमा हुने प्रतियोगिताको आयोजना भन्सार युवा परिवार, भीमसेन युवा क्लब र सालविस्ने युवा क्लबले संयुक्त रुपमा गरेका हुन् ।

१६ औँ राष्ट्रिय खुल्ला नकआउट भानुकप फुटबलको विजेताले ट्रफीसहित २ लाख २५ हजार २१० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः १ लाख १२ हजार २१० रुपैयाँ र २० हजार २१० रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार २१० रुपैयाँ पुरस्कार प्रदान गर्ने योजना आयोजकको छ ।

यस्तै छेलो खेल र बाघचाल खेलमा पनि प्रथम हुनेले ५ हजार २१० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यो पढ्नु भयो ?