टेस्ट मान्यताप्राप्त देशसँगको खेलमा के गर्ला नेपालले ?

साझा कथा । नेपाली क्रिकेट टिमको लागि आज ऐतिहासिक दिन हो । आज पहिलो पटक नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दैछ । हरारे स्पोर्ट्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा जिम्बावेविरुद्ध खेल्न लागेको नेपाली टोली मनोवैज्ञानिक दवावमा छ । खेल नेपाली समय अनुसार आइतबार दिउँसो १२ः४५ बजेबाट सुरु हुनेछ । नेपाल आफनो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्ने उद्धेश्यसहित मैदानमा उत्रनेछ । अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बाबेलाई घरेलु मैदानमा स्तब्ध पार्ने दाउ राखेको छ ।

पहिलो पटक टेस्ट मान्यता प्राप्त टोलीसँग खेल खेल्न लागेको नेपाली टोली नयाँ उत्साहका साथ मैदानमा उत्रने भएकाले आशा गर्ने ठाउँ रहेको क्रिकेट प्रेमीले जनाएका छन् । खेलबारे नेपाल क्रिकेट स‌ंघले भनेको छ, ‘राइनोज (नेपाल) आफ्नो अन्तिम अभ्यास सत्र पूरा गरी आईसीसी विश्वकप छनोटका लागि तयार भएका छन् ।’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?