९ दिनमा १९१ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि उल्लेख्य सुधार

साझा कथा । नेप्सेको उकालो यात्रा कायमै रहँदा पछिल्लो ९ दिनमा नेप्से १९१ अंकले बढेको छ । गत जेठ २२ गते १९०१.९९ विन्दुमा रकेको नेप्से परिसूचक आइतबार २०९४.३३ विन्दुमा पुगेको छ । १५ जेठमा आएको बजेटपछि पूँजीगत लाभकरको विषयलाई लिएर ओरालो झरेको बजार परिसूचक अर्थमन्त्री र सरोकारवालाहरुबीचको छलफलले हौसिएको थियो ।
नेप्से परिसूचक मात्रै होइन, पछिल्ला दिनमा कारोबार रकम पनि बढ्दै गइरहेको छ । केहि समयअघिसम्म १ अर्ब पनि कारोबार नभइरहेको बजारमा पछिल्ला दिन ५ अर्ब नजिक कारोबार भइरहेको छ । गत बुधबार ५ अर्ब माथिको कारोबार भएको थियो ।
आइतबार सेयर बजार परिसूचक (नेप्से) परिसूचक ५२ दशमलव २६  अंकले बढ्दैदुई हजार ९४ दशमलव ३३ बिन्दुमा उक्लिएको छ । नेप्सेका अनुसार आज विभिन्न दुई सय ८० कम्पनीका एक करोड २० लाख ९५ हजार नौ सय ६६ कित्ता शेयर चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ मा खरिदबिक्री भएका छन् ।
आइतबार बैंकिङ समूह तीन दशमलव ५५ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा छ सय ९४ दशमलव १४ र निर्जीबन बीमा समूहको उपसूचकमा पाँच सय दशमलव ३० अङ्कको वृद्धि देखिएको छ ।
विकास बैंक ५० दशमलव १२, वित्त ३५ दशमलव ७७, होटल तथा पर्यटन दुइ सय ९४ दशमलव ४०, जलविद्युत् एक सय दुइ दशमलव ०१, लगानी एक दशमलव ०४ र उत्पादन तथा प्रशोधन समूह एक सय ४२ दशमलव ०१ अङ्कले बढेको छ । त्यस्तै, लघुवित्त समूहको उपसूचक एक सय तीन दशमलव ५२, म्युचुअल फन्ड शून्य दशमलव १२, व्यापार ८७ दशमलव ०८ र अन्य समूह ८६ दशमलव ३० अंकले बढेको छ ।
आजको कारोबारामा २८ वटा कम्पनीको शेयर मूल्यमा मात्रै गिरावट देखिँदा छवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रीन भेञ्चर्स लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?