Ad Banner

रेशम चौधरीलाई केपी ओलीले भने, ‘तपाईमाथि अन्याय भएको रहेछ’

साझा कथा । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले टिकापुर घटनाका आरोपी र जेल सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिए तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गर्यो । एमालेका नेताहरुले रेशमको रिहाईबारे सरकारलाई प्रश्न पनि गरे । सत्ताको लागि अपराधीलाई आममाफी दिने काम भयो भन्दै एमालेका युवा नेताहरुले अभिव्यक्ति दिइरहे ।

तर सोमबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीले रेशमसँगको भेटमा रिहा भएकोमा खुशी व्यक्त गरे । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशम चौधरी ओलीलाई भेट्न सोमबार विहानै बालकोट पुगेका थिए ।

दुई नेताहरुबीचको भेटवार्तामा समसमायिक राजनीतिका विषयमा छलफल भएको सचिवालयले जनाएको छ । भेटमा ओलीले टीकापुर घटनामा रेशमलाई अन्याय भएको सुनाए ।

गणतन्त्र दिवसमा आममाफी पाएर छुटेपछि चौधरी राजनीतिक रुपमा सक्रिय भएर लागिरहेका छन् । उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईसहित अन्य नेताहरुसँग पनि भेट गरिसकेका छन् । उनको आजै धरानका मेयर हर्क साङपाङसँग भेट्ने कार्यक्रम तय भएको छ ।

यो पढ्नु भयो ?