विवादित हिन्दी चलचित्र आदिपुरुषको प्रदर्शन स्थगित

साझा कथा । जनकपुत्री सितालाई भारतकी छोरी भनेर देखाइएको विवादित चलचित्र आदिपुरुषको प्रदर्शन स्थगित भएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले ३ दिने अल्टिमेटम दिएर सिता भारतकी छोरी भन्ने संवाद हटाउन भनेका थिए तर सो संवाद सच्याइएन ।

त्यसपछि काठमाडौं महानगरभित्रका हलमा सो चलचित्रको प्रदर्शन रोक लगाइयो । काठमाडौंको सिको गर्दै पोखरा, धरान लगायतका स्थानमा पनि चलचित्र रोकिएपछि शान्ति सुरक्षाको कारण देखाउँदै देशभर फिल्मको प्रदर्शन स्थगन भएको फिल्मका वितरक मनोज राठीले बताए ।

‘बिहानसम्म काठमाडौं र पोखरामा फिल्मको प्रदर्शन रद्द भएको थियो । त्यसपछि धरान, इटहरी, जनकपुर, धनगढी, चितवन हुँदै सबैतिर फिल्मको प्रदर्शन स्थगन हुने क्रम जारी छ । अब देशभर नै फिल्मको प्रदर्शन बन्द भयो,’ राठीले भने । राठी आदिपुरुषका नेपाल वितरक श्री व्यंकटेश इन्टरटेन्टमेन्टमा आबद्ध छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?