आईसीसी विश्वकप छनोट – अमेरिकाविरूद्ध नेपालको शानदार जीत

२०८० असार ६, बुधबार

साझा कथा । आईसीसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्तर्गत अमेरिकाविरुद्ध नेपालले शानदार जीत निकालेको छ । छनाेट खेलको पहिलो खेलमा जिम्बाबेसँग स्तब्ध भएको नेपालले अमेरिकाविरूद्धको खेलमा भने लय समात्यो । नेपालले ६ विकेटको जीत निकालेको  हो ।

अमेरिकाले दिएको  २०८ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमै लक्ष्य भेट्टायो । नेपालको जीतमा भीम सार्कीले सर्वाधिक ७७ रन बनाए । चाैथो विकेटको रूपमा क्रिजमा उत्रिएका सार्कीले ११४ बल खेल्दै अविजित ७७ रन बनाएका हुन् । यस क्रममा उनले १ छक्का र ७ चौका प्रहार गरे । यस्तै दिपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए ।

कप्तान रोहित पौडेल १६ रन, कुशल भुर्तेल ३९ रन र आसिफ शेख १२ रन बनाएर आउट भएका थिए । अमेरिकाविरूद्ध ४ विकेट लिएका करण केसी प्लेअर अफ दि म्याच घोषित भए ।

 

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?